गृहपृष्ठ साताको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि
साताको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि
साताको पहिलो सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ११ सय बढेको सुनको मूल्य आइतबार एक सय रूपैयाँ बढेको हो ।
शुक्रबार तोलामा ९१ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आइतबारको लागि ९१ हजार ८ सय तोकिएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य ५ रूपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार तोलामा १ हजार ३५० रूपैयाँ कायम गरिएको चाँदीको मूल्य आइतबारको लागि एक हजार ३४५ रूपैयाँ तोकिएको छ ।
प्रकाशित समय : १६:४६ बजे



















