काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने ओटीटी बन्यो डिगो, विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारमार्फत अन्तर्राष्ट्रिय डिजिटल उपस्थितिलाई थप सुदृढता

2.71K
shares

काठमाडौं । डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारमार्फत नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै विश्वसनीय तथा सक्षम डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको छ।

सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र, बाल सामग्रीलगायत विविध प्रकारका गुणस्तरीय डिजिटल मनोरञ्जन सामग्री सुरक्षित, सहज तथा आधिकारिक माध्यमबाट दर्शकमाझ उपलब्ध गराउँदै आएको छ।

डिशहोम डिजिटल प्रा.लि.सँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप आधिकारिक डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता, विश्वसनीयता तथा दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्ने दिशामा महत्वपूर्ण आधारसमेत तयार गरेको छ।

यसै क्रममा, डिशहोम डिजिटल प्रा.लि.ले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक प्रसारण इजाजतसमेत प्राप्त गरेको छ। उक्त इजाजतले कम्पनीले नेपालको प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुरूप आधिकारिक रूपमा ओटीटी सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप सुदृढ बनाएको छ।

आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित सञ्चालन हुनु नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि महत्वपूर्ण उपलब्धि हो। यसले डिशहोम डिजिटल प्रा.लि.लाई अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरण क्षेत्रमा सक्षम तथा विश्वसनीय संस्थाका रूपमा स्थापित गर्नुका साथै डिगो ओटीटीलाई चलचित्र, सिरिज, प्रत्यक्ष प्रसारण, खेलकुद तथा अन्य विविध मनोरञ्जन सामग्री उपलब्ध गराउने अग्रणी नेपाली ओटीटी प्लेटफर्मका रूपमा स्थापित गर्दै लैजाने विश्वास व्यक्त गरिएको छ।

डिशहोम डिजिटल प्रा.लि.ले आगामी दिनहरूमा पनि अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकलाई विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गर्दै डिगो ओटीटीलाई विश्वस्तरमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा थप विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।