सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बिमा दाबी भुक्तानी रकम हस्तान्तरण
वि.सं.२०७८ वैशाख १४ मंगलवार ०१:२०
shares
सिटी एक्सप्रेस मनी ट्रान्सफरले कोभिड–१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बिमा गराएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै विषम परिस्थितिमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागि सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुको बिमा गराएको थियो ।
जसअनुरूप मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बिमाको दाबी भुक्तानी रकम जनही ५० हजार सिटी एक्सप्रेसले हस्तान्तरण गरेको छ । साई बाबा रेमिट्, चाबहिलका हरी कुमार श्रेष्ठ, अनलाइन सब् रेमिट्, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड् सेन्टर, नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्स्फर, सुन्सरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेट्वर्क , परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्राइजेज, नवलपुरका कृष्ण गिरी गरी ८ जनालाई चेक हस्तान्तरण गरिएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

























