काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सोमबार पनि उच्च अंकले घट्यो नेप्से

25.37K
shares

सेयर बजार परिसूचक नेप्से र ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक उच्च अंकले घटेको छ । आइतबार ठूलै करेक्सनको सामना गरेको सेयर बजारमा सोमबार ६५.५८ अंक (२.५५ प्रतिशत) ले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ ।

बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार एक घण्टापछि बढ्ने संकेत देखिएको थियो । तर, त्यसपछि भने कुनै पनि समय बजार सुधार हुन सकेन । बजार करेक्सन भए पनि आइतबार र सोमबार दुवै दिन कारोबार रकम भने ६ अर्ब भन्दामाथि नै रहेको छ । सोमबार कुल ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड २९ लाख ११ हजार ७२१ कित्ता सेयर किनबेच भएको छ ।

यसका लागि कुल २२० कम्पनीको ८६ हजार ९२ पटक कारोबार भएको छ । सोमबार सबै समूहका परिसूचकहरु राताम्य भए । सबैभन्दा बढी जलविद्युत र व्यापार समूहका लगानीकर्ताले बढी गुमाए । घटेको बजारमा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भने १० प्रतिशत हाराहारी बढेको छ ।