Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

भायानेट स्पीडी अफर : पहिलेकै मूल्यमा १०० एमबीपीएससम्मको स्पीड

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

भायानेट स्पीडी अफर : पहिलेकै मूल्यमा १०० एमबीपीएससम्मको स्पीड

ग्राहकहरुलाई किफायती मूल्यमा सुपर स्पीड इन्टरनेट प्रदान गर्ने उद्देश्यले भायानेटले ‘भायानेट स्पीडी अफर’ ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले १०० एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन् । 

‘भायानेट स्पीडी अफर’मा पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सक्ने भायानेटले जनाएको छ । त्यसमाथि एक हजार रुपैयाँको रिवार्ड अंकको साथ भायाटीभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै फ्रिमा प्राप्त गर्न सकिन्छ । यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबरहरु