काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआइबीएल एस क्यापिटलद्वारा सामूहिक लगानीकोषसम्बन्धी कार्यक्रम र तालिम सञ्चालन

15.67K
shares

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबीएल म्युचुअल फण्डको कोष व्यवस्थापक र डिपोजटरी रहेको एनआइबीएल एस क्यापिटल लिमिटेडद्वारा सामूहिक लगानीकोषसम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सञ्चालन गरेको छ । एनआइबीएलले नेपालमा केफसी, पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रालिका दरबारमार्ग,थापाथली(ब्लुबर्ड मल), लाबिममल, ठिमि, बौद्द,महाराजगंज र पोखरा शाखाका कर्मचारीहरुलाई सामूहिक लगानीकोषसम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सञ्चालन गरेका हुन् ।

सामूहिक लगानीकोष नियमावली २०६७ को कार्यान्वयनपश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुई बन्दमुखी योजना सञ्चालन गरिरहेको यस क्यापिटलद्वारा सञ्चालित कार्यक्रममार्फत उक्त कम्पनिका कर्मचारीहरुले सामूहिक लगानीकोषसम्बन्धी विस्तृत जानकारी पाउनुका साथै पूंजीबजारसंग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् । यसका साथै एनआइबीएलले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न तालिमहरु सञ्चालन गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।