Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

सामसङको ग्यालेक्सी एम६२ बजारमा

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

सामसङको ग्यालेक्सी एम६२ बजारमा

सामसङ स्मार्टफोनले ग्यालेक्सी एम६२  फोन बजारमा ल्याएको छ । फोनमा 7nm Exynos 9825 processor रहेको छ, जसले गर्दा आजको युवा तथा मिलेनियल ग्राहकको आवश्यकतालाई यो फोनले सहजै पूरा गर्ने कम्पनीले जनाउको छ । यसको साथै फोनमा बेस्ट इन क्लास सुविधाहरु पनि विद्यमान रहेका छन् । बेस्ट इन सेजमेन्ट ७००० एमएएचको व्याट्री तथा अभूतपूर्व ६४ एमपी क्वाइड क्यामरा पनि रहेको छ ।

सामसङ मोबाइल नेपालका विजिनेश हेड प्रणयरत्न स्थापितले भने, ‘ग्राहकलाई सुलभ मूल्यमा नवीनतम् प्रविधिका साथ उत्पादनको सेवा प्रदान गर्नु पर्दछ भन्नेकुरा प्रतिहामी सदैव प्रतिबद्ध रहेका छौं । यसैको सिलसिलामा वेस्ट इन सेग्मेन्टअन्तर्गत आफ्नो मिनेनियल्स तथा जेन्जी ग्राहको कन्टेन्ट क्न्ज्युप्सनप्रति बढ्दै गइरहेको आकर्षणलाई पूरा गर्न ग्यालेक्सी एम६२ बजारमा ल्याएको हो । नयाँ ग्यालेक्सी एम६२ फोन युवाहरुको आवश्यकताअनुरुप स्पीड तथा पफर्मेन्सको लागि विशेष रुपमा डिजाइन गरिएको छ । उनले भने, ‘यसको लागि हामीले ग्यालेक्सी एम६२  फोनमा Exynos 9825 processor को साथ ७००० एमएएच व्याट्रीको समायोजन गरेका छौ । ग्यालेक्सी एम६२  फोन वास्तवमै मोन्स्टर अफफोन हो । जुन उचित मूल्यमा नयाँ प्रविधिको प्रयोग गर्ने ग्राहकको चाहनालाई यस फोनले वास्तमवै परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं ।’ 

उत्कृष्ट एवं विशेष कार्यक्षमता

Galxy M627nm Exynos 9825 Processor को साथ उपलब्ध रहेको छ । जसले गर्दा शक्तिशाली मोबाइलको अनुभव प्रदान गर्दछ । यसमा प्रयोग भएको अक्टाकोरा सीपीयूले सानो प्याकेजमा अधिकतम हर्सपावर प्याक गर्ने सामर्थ्य राख्दछ । Exynos 9825 वास्तवमै गेम चन्जर हो र यो निश्चयनै विजुलीको भन्दा पनि चाडो कार्य सम्पादन गर्न सक्दछ । यति हुँदाहुँदै पनि यसले कम ब्याट्री खपत गर्दछ । Exynos 9825 ले उत्कृष्ट ग्राफिक्स तथा गेमिङ्गको अनुभव प्रदान गर्दछ । यसको साथै फोनमा built-in game booster पनि रहेको छ, जसले गेम खेल्दा अझै मोबाइलफोन स्मूथ हुनुको साथै उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

वृहत् क्वाड क्यामरा

ग्यालेक्सी एम६२ मा Sony IMX 682 sensor साथ६४ मेगापिक्सल क्वाड क्यामरा सेटपको साथ उपलब्ध रहेको छ, जसले गर्दा दिन तथा रात जहिले पनि अद्भुत फोटो खिच्न सकिन्छ । यसको साथै १२ मेगा पिक्सलको क्यामरामा १२३ डिग्रीको फिल्ड अफभ्यूको साथ Ultra-Wide lens राखिएको छ, यसले गर्दा मानव आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो खिच्न सकिने स्वतन्त्रता प्रदान गर्दछ । त्यस्तै ५ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोज अप फोटो पनि स्पष्ट खिच्न सक्छ भने यसमा भएको ५ मेगा पिक्सेलको डेफ्थ क्यामेराले लाइफ फोकसको साथ आकर्षक पोट्रेइट सट लिन सकिन्छ । यसमा फोरके रेकडिङको अद्भुत भिडियो क्षमता रहेको छ । यसमा night hyper lapse, slow-mo तथा super-steady modes जस्ता सुविधाहरु रहेका छन् । यसमा Slow mo सेल्फी पनि खिच्न सकिन्छ । क्यामराको उत्कृष्ट अनुभव प्रदान गर्न Intelli-Camजस्तो विशेषताको साथ शक्तिशाली क्यामरा हार्डवेरलाई समायोजन गरिएको छ ।

उत्कृष्ट ७००० एमएएच ब्याट्री

ग्यालेक्सी एम६२ मा सामसङको इन्डस्ट्री लिडिङ ७००० एमएएचको व्याट्री राखिएको छ, जुन आजका युवा तथा न Gen Z हरुको आवश्यकताअनुरुप डिजाइन गरिएको हो । युवा वर्गले धेरै समय मोबाइलमा बिताउने हुँदा अधिक टिकाउ हुने व्याट्री यसमा राखिएको छ, साथै यस फोनसँगै टाइप सि, २५ वाटको चार्जर पनि उपलब्ध गराइएको छ, यसमा भएको चार्जरले ७००० एमएएचको ब्याट्रीलाई केवल २ घण्टामा पूर्ण रुपमा चार्ज गर्न सक्छ ।

आकर्षक डिस्प्ले
ग्यालेक्सी एम ६२ मा ६.७ इन्चको FHD+, Super AMOLED Plus Infinity-O display रहेको छ, जसले गर्दा विना रुकावट आकर्षक डिस्प्लेको अनुभव प्रदान गर्दछ । १६एम कलर सपोर्ट गर्नुका साथै ४२० पिक ब्राइट तथा कन्स्ट्रास्ट रेसियो १००००००ः०१ रहेको छ, जसले गर्दा डिस्प्ले सफा एवं उत्कृष्ट रहन पुग्दछ । यसका साथै unique Laser Gradient design को साथ उपलब्ध रहेको छ ।  यो स्मार्टफोन ९.५एमएमको मोटाइ रहेको छ भने यसको तौल केबल २१८ ग्राम छ ।

मूल्य तथा उपलब्धता

आखाँलाई नै लोभ्याउने विभिन्न रंगहरु Laser Grey, Laser Blue, तथा Laser Green गरी ३ रंगमा उपलब्ध रहेको छ । विभिन्न भेरियन्टहरु मध्ये ६/१२८ जीबीको ३९ हजार ९९९ तथा ८/१२८जीबीको  ४२ हजार ९९९ रूपैयाँ तोकिएको छ । यो फोन सामसङको ब्राण्ड सपहरुमार्फत नेपाल अधिराज्यभर उपलब्ध हुनेछ ।

सम्बन्धित खबरहरु