Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

एमआई टीभी स्टिक लन्च गर्दै शाओमी स्मार्टफोन

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

एमआई टीभी स्टिक लन्च गर्दै शाओमी स्मार्टफोन

शाओमी नेपालको नम्बर १ स्मार्टफोन ब्रान्डले एक स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टीभी स्टिकको शुभारम्भको घोषणा गरेको छ । कुनै पनि नन–स्मार्ट टीभीलाई स्मार्ट टीभीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ । एन्ड्रोइड टीभी ९.० द्वारा सञ्चालित एमआई टीभी स्टिकले गुगल प्ले मार्फत ५००० भन्दा माथि एप्स र गेम्सहरुको पहुँच प्रदान गर्दछ ।

एक स्लिम र स्लिक डिजाइन भएको एमआई टीभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन (२८.५ ग्राम्स, ९२.४ ह ३०.४ मिलिमिटर) ले बनेको छ । प्रयोगकर्ताहरुले अब कुनै पनि टीभीमा पूर्ण एचडी रेजलुसनमा हजारौँ घण्टाको मिल्ने सामग्रीको मज्जा एमआई टीभी स्टिकलाई ३० सेकेन्डभन्दा कममा जडान गरेर लिन सक्छन् । ग्याजेटमा सिनेमा जस्तो अनुभवको लागि डोल्बी र डीटीएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ । यसका अतिरिक्त एमआई टीभी स्टिक क्वाड–कोर प्रोसेसर सहितको एक जीबी र्‍याम र ८ जीबीको इन्टरनल स्टोरेजको सहज र ललेश प्रदर्शनको आश्वासन सहितको प्रोसेसरबाट पनि सुसज्जित छ ।

शाओमी नेपालका काउन्टी जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमीमा हामी मनोरञ्जनलाई तपाईको बैठक कोठाको आराममा केन्द्रित गरिरहेका छाँै जसले केवल सामाग्रीमा पहुँच प्रदान नगरी यसका साथै नन–स्मार्ट टीभी सेटहरुमा स्ट्रिमिङलाई अझ सुविधाजनक बनाउँछ । एमआई टीभी स्टिकको लञ्चसँगै हामी उपभोक्ताहरुलाई स्मार्ट टीभी अनुभव प्रदान गर्नमा केन्द्रित छौं । जसले ओटीटी सामाग्री उपभोग गर्नको लागि निरन्तर उपायहरु खोजिरहेका छन् ।’

एन्ड्रोइड टीभी ९.०

एन्ड्रोइड टीभीको संस्करण (९.०)मा सञ्चालित एमआइटीभी स्टिकले प्रयोगकर्ताहरुका लागि ‘वल्ड अफ कन्टेन्ट’ को पहुँच दिएको छ । यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरन्जन जस्ता लोकप्रिय ओटीटी प्लेयरहरुको पहुँचको साथ अनलाइन सामग्री स्ट्रिमिङ्गका लागि एक स्टप गन्तव्य बनेको छ । गुगल प्ले स्टोरमा ५००० भन्दा बढी एप्लिकेसन्सहरुको उपलब्धताका साथ एमआईटीभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्पहरुको अधिकता पनि प्रदान गरेको छ। यो मात्र नभइकन एमआई टीभी स्टिकमा नेटफ्लिक्स र प्राइम भिडियोको लागि बटनहरुको साथ ब्लुटुथ रिमोट पनि उपलब्ध छ जसले गर्दा हजारौँ फ्लिमहरु र शोहरु मात्र एक क्लिकको साथ उपभोक्ताहरुको लागि प्रदान हुन्छ ।

सम्बन्धित खबरहरु