Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

नेपालमा पहिलोपटक देखियो कोरोनाको 'डबल म्युटेन्ट' भाइरस 

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

नेपालमा पहिलोपटक देखियो कोरोनाको 'डबल म्युटेन्ट' भाइरस 

नेपालमा एकजनामा कोभिड-१९ को नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको छ । भारतमा राजस्थान, गुजरात, नयाँदिल्लीलगायत क्षेत्रमा देखिएको डबल म्युटेन्ट नेपालमा भने पहिलोपटक पुष्टि भएको हो । ललितपुरका एकजना संक्रमितमा डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएका १५ वटा नमुनामध्ये एकजनामा यो भाइरस पुष्टि भएको हो । ५९ वर्षीय एक व्यक्तिमा देखिएको भाइरस उनको सम्पर्कमा आएका अरुमा भए/नभएको पहिचान गर्न कन्ट्याक ट्रेसिङको काम भइरहेको डा. पौडेलले जानकारी दिए ।

सम्बन्धित खबरहरु