Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

च्याम्पिन्यस लिग : लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल 'अन्तिम ४' मा

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

च्याम्पिन्यस लिग : लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल 'अन्तिम ४' मा

च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएको क्वाटरफाइनल खेलपछि स्पेनिस क्लब रियल मड्रिड प्रतियाेगिताकाे सेमीफाइलनमा प्रवेश गरेकाे छ । दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियलले समग्रमा ३-१ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकाे हाे ।

पहिलो लेगमा निकालेको ३-१ गोलको जितको कारण रियल सेमिफाइनलमा पुग्न सम्भव भएको हो । एनफिल्डमा भएको दोस्रो लेगमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । रियलका लागि दोस्रो लेग खेलमा बराबरीको नतिजाले पुग्ने थियो । तर, घरेलु टोली लिभरपुललाई उत्कृष्ट पुनरागमन गर्नु अनिवार्य थियो ।

अब रियलले सेमिफाइनलमा अर्को इंग्लिस क्लब चेल्सीसँग खेल्नेछ । चेल्सी पोर्टोलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।

सम्बन्धित खबरहरु