काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

६ दिनदेखि स्वेज नहरमा फसेको पानीजहाज निकालियो

14.11K
shares

स्वेज नहरमा विगत ६ दिनदेखि अड्किएको मालवाहक जहाज बिस्तारै गन्तव्यतिर जान थालेको छ । स्थानीय समयअनुसार सोमबार बिहान साढे ४ बजे जहाजलाई रिफ्लोटिङ गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

बीबीसीका अनुसार हावाको वहावका कारण छड्किएपछि ४०० मिटर लामो र ५९ मिटर चौडा उक्त जहाजले जलमार्ग बन्द गरिदिएको थियो । सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा एभर गिभन नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको देखिन्छ । 

यो जहाज त्यहाँबाट हटेसँगै यसअघि अड्किएका अन्य जहाजले बाटो पाउने छन् । भूमध्यसागरलाई रातो सागरसँग जोड्ने स्वेज नहरको बाटो भएर संसारका लगभग ३० प्रतिशत जहाज आवतजावत गर्छन् । संसारभरिको १२ प्रतिशत सामानको ढुवानी यही बाटो भएर हुने गर्छ । जहाज फस्दा विश्वको परिवहन र व्यापारमा नकारात्मक असर परेको थियो ।

इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ । सन् १८५९ देखि १८६९ मा निर्माण गरिएको त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ ।