काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से ४१ अंकले बढ्यो, जलविद्युतबाहेक सबै उपसमूहमा हरियाली

13.19K
shares

बुधबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ४१ अंकले बढेको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३० अंकले बढेर दुई हजार ५७०.२५ अंकमा पुगेको हो । आज जलविद्युतबाहेकका सबै उपसमूहहरु उकालोमा लागेका छन् ।

जलविद्युत १४.९५ अंक ओरालोमा झरेको छ भने बाँकी सबै उपसमूहरुमा हरियाली देखिएको छ । बैंकिङ समूह २२.५५, व्यापार ३८१.११, होटल तथा पर्यटन १७८.५६, विकास बैंक २१.२८, वित्त २२.३, निर्जीवन बिमा २२१.०४, उत्पादनमुलक ५१.६७, अन्य २०.४१, लघुवित्त १२२.४७, जीवन बिमा १४१.२२, म्याचुअल फन्ट ०.२५ र सामुहिक लगानी ४.९३ अंकले बृद्धि भएको छ ।

आज साल्ट्र ट्रेनिङ कर्पोरेशनमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै हाइड्रोरेलेक्टिसिटी इन्भेष्टमेन्ट विकास कम्पनी, चन्द्रागिरी हिल्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रो नेपाल र कालिका पावर कम्पनीको कारोबार सकारात्मक सर्किटको लेभलमा पुगेका छन् । सबैभन्दा बढी आज हाइड्रोरेलेक्टिसिटी इन्भेष्टमेन्ट विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको कारोबार एक हजार १५५ अंकले बृद्धि भएको छ ।

आज २०८ कम्पनीको एक करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँमा किनबेच भएको छ । आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.०६ अंकले बढेर ४५५.९५ अंकमा पुगेको छ ।