‘पठाओ विवाद’मा सहमति : राइड निर्वाध सञ्चालन हुने, राइडरले ‘प्रोटेक्टिभ गेयर’ नलगाउने
वि.सं.२०७७ चैत ११ बुधवार ००:२३
shares

पठाओका राइडरले बुधबारदेखि ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन नपाउने भएका छन् । सेवालाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायसँगकाे छलफलअनुसार अफलाइन राइडलाई निरूत्साहित गर्न र राइडकाे सहज परिस्थिति बनाउन तत्कालका लागि यस्ताे निर्देशन भएकाे पठाओले मंगलबार साँझ जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । सेवा निर्वाध सञ्चालन हुने पनि पठाओले जनाएकाे छ ।
यात्रु ओसार्ने विषयमा विवाद हुँदा सोमबार राइडरलाई ट्याक्सी चालकहरुले कुटपिट गरेका थिए । ट्याक्सी चालकले सोमबार साँझ नयाँ बसपार्क क्षेत्रमा पठाओ राइडरको विरोध गर्दै ट्याक्सी र्याली नै निकालेका थिए । सोही क्रममा पठाओ राइडर तथा ट्याक्सी चालकबीच विवाद भई झडप समेत भएको थियाे ।


























