काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माधव नेपालसहित चार नेतालाई घरैमा पुगेर थमाइयो तीन दिने स्पष्टीकरण पत्र

13.21K
shares

नेकपा एमालेले माधव नेपालसहित ४ नेतालाई 'पार्टी हितविपरीत किन गतिविधी गरेको ?' सोमबार स्पष्टीकरण पत्र थमाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।

पार्टीमा गुटगत गतिविधिमा सक्रिय रहेको र विभिन्न स्थानमा भेला गरेर समानान्तर समितिहरु निर्माण गरेको भन्दै स्पष्टिकरण पत्र काटेको हो । एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार पार्टी कार्यालका कर्मचारीले चारै नेताका घरमा स्पष्टीकरण पत्र पुर्‍याइएका हुन् । स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको सचिव रिजालले जानकारी दिए । शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।