सरकारले थप गर्यो ४ दिन सार्वजनिक बिदा
वि.सं.२०७७ चैत ९ सोमवार १७:५६
shares

आगामी वर्ष २०७८ का लागि सरकारले ४ दिन सार्वजनिक बिदा थप गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।
यसअघि उक्त चार दिन बिदा हुने गरेको थिएन । सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटस्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ ।

























