गृहपृष्ठ इग्निसन अटोद्वारा ‘हार्टफोर्ड मोटरसाइकल र्याली’ सम्पन्न
इग्निसन अटोद्वारा ‘हार्टफोर्ड मोटरसाइकल र्याली’ सम्पन्न
नेपालमा हार्टफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्निसन अटो प्रालिले गत शनिबार 'VR Exploring Adventure' नामक 'Touring' कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित हार्टफोर्ड शोरुमदेखि सुरु भएको राइडको हार्टफोर्डका नेशनल हेड समिर महर्जनले सुरू गरेका थिए ।
सुन्धारा, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बुढानिलकण्ठ हुँदै भोटेचौरसम्म पुगेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी साँझ ७ बजे हार्टफोर्ड सर्भिस सेन्टर बोद्धमा पुगी राइड सम्पन्न भएको थियो । यस राइडमा ३६ वटा हार्टफोर्डमा सवार ४० जना राइडरले सहभागिता जनाएका थिए । १०५ किलोमिटर लामो र्यारलीका लागि रोड क्याप्टेन मनिश बज्र शाक्य थिए । बिहान ९ बजे सुरु मोटरसाइकल र्यालली २ बजे भोटेचौर पुगी विभिन्न मनोरन्जनका कार्यक्रमहरु गरिएको थियो ।
.jpg)
'लक्की ड्र'बाट भुषण राज बज्राचार्य विजयी भएका थिए । ARM Wrestling नन्द मर्हजन प्रथम भएका थिए । त्यसका साथै Bingo Full House Winner पनि भुषण राज बज्राचार्य नै भए । उनीहरु सबैलाई हार्टफोर्डका तर्फबाट उपहार प्रदान गरिएको थियो । हार्टफोर्ड इण्ड्ष्ट्रियल कम्पनी ताईवान (चाइना)बाट उत्पदित मोटरसाइकल तथा स्कूटरको नेपालका लागि आधिकारिक वितरक इग्निसन अटो प्रालि नियुक्ति भएको छ । इग्निसन अटो प्रालिले नेपालभर नै आफ्ना डिलर नेटवर्कमार्फत हार्टफर्ड (VR) मोटरसाइकल तथा स्कूटरको बिक्री एवं बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको छ । हार्टफोर्ड नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक ९१० डर्ट बाईकका रुपमा स्थापित ब्राण्ड हो ।
.jpg)
.jpg)
प्रकाशित समय : १८:३२ बजे


















