गृहपृष्ठ हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर बजारमा, यस्ता छन् विशेषता र मूल्य

हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर बजारमा, यस्ता छन् विशेषता र मूल्य

हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर बजारमा, यस्ता छन् विशेषता र मूल्य

मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो मोटोकर्पले आइतबार नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकलको बजार प्रवेश आरम्भ गराएको छ । लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हीरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हीरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउँछ । 

मोटरसाइकलले आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण शक्तिपूर्ण अवस्थितिसहित पर्फमेन्स, स्पोर्टीनेस र अन्य विशेषताहरूको एक अतुलनीय मिश्रण प्रदान गर्दछ । एक्स्ट्रिम १६० आर, एक नयाँ-हंक १५० आरको साथआएको छ, जुन नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।दुवै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ । एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हीरो मोटो कर्पका शोरूममा उपलब्ध हुनेछ । एक्स्ट्रिम १६० आरको ३ लाख ३९ हजार (सिंगल च्यानल एबीएसका साथ डबल डिस्क)को आकर्षक मूल्यमा उपलब्ध हुनेछ भने जब हंक १५० आर २ लाख ७९लाख सय (सिंगल च्यानलएबीएसको साथ डबल डिस्क)को मूल्यमा खरिद गर्न सक्नेछन् ।

हिरो मोटोकर्पका ग्लोबल विजनेसका प्रमुख संजय भानले भने, 'विश्वभरका ग्राहकहरूका लागि वर्गीय रूपमा अग्रणी र बजारमा सान्दर्भिक सम्बन्धित उत्पादनहरू ल्याउने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ । यी दुई नयाँ उत्पादनहरूको साथ, हामी हाम्रा शीर्ष प्रिमियम मोटरसाइकलहरू नेपालमा ल्याइरहेका छौं र यहाँका ग्राहकहरूले दुवै उत्पादन मन पराउनेछन् भन्नेमा हामी विश्वस्त छौं ।' हंक १५० आर विशेष रूपमा केही विशेष फर्स्ट–इन–क्लास विशेष्ताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दाअधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच–प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको छ ।

नेपालमा उपलब्ध हीरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर+, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कूटरहरू रहेका छन् ।

हिरो एक्स्ट्रिम १६० आर
वर्गकै अग्रणी तीव्र गति 

स्पोर्टिनेस र वास्तविक–विश्वप्रदर्शनको लागि मानक तय गर्दै नयाँ एक्स्ट्रिम १६० आर, १६० सीसी एयर कुल्ड बीएस–सिक्स मापदण्ड (BS-VI Compliant)को इन्जिनको साथ आउँदछ, जुन एक्ससेन्स प्रविधि र उन्नतप्रोग्राम्ड–फ्युल–इन्जेक्सनद्वारा सञ्चालित छ । यो ईन्जिनले १५ बीएचपी २८ हजार ५ सय आरपीएमको प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ । तीव्र गतिका वर्गमा ‘द्रूत लेन’मा समावेश हुँदै यसले ४.७ सेकेन्डमा ०–६० किमी/प्रतिघण्टाको गति प्रदान गर्दै यो मोटरसाइकल यस वर्गकै ‘पावर–टु–वेट–रेसियो’मा उत्कृष्ठ मध्येको एक बनेको छ ।

असाधारण ह्यान्डलिङ

नयाँ एक्स्ट्रिम १६० आरमा सडकका लागि ईन्जिनियर्ड एर्गोनोमिक्सको साथ कमान्डिङ राइडिङको अनुभूति पाइन्छ । हल्का सशक्तडायमण्ड फ्रेम सेटअपले सडकहरूमा असाधारण ह्यान्डलिङ प्रदान गर्दछ, जसले यसलाई सोही समयमा ‘कर्नर ह्याप्पी’ मेसिन बनाउँदछ । ३७ मिमीटेलिस्कोपिक फ्रन्ट फोक्र्स र सात तहको समायोजनयोग्य रियर मोनो–सक सस्पेन्सन सेटअप सहरी चुस्ती/स्फूर्तिका लागि तयार गरिएको छ, जसले सटिक ह्यान्डलिङ र एक सुस्पष्ट सवारी प्रदान गर्दछ । २७६ मिमि फ्रन्ट पेटल डिस्क र २२० एमएम पछाडिको पेटल डिस्क ब्रेकले सवारी चालक सधैं पूर्ण नियन्त्रणमा हुने र रोक्न सकिने शक्ति प्रति विश्वस्त हुन्छन् भन्ने सुनिश्चित तुल्याउँछ । १६५ मिमि ग्राउन्ड क्लियरेन्सले सवारी बाधामुक्त भएको सुनिश्चित गर्दछ ।

फर्स्ट-इन–सेगमेन्ट विशेषता

नयाँ एक्सट्रिम १६० आर ‘फस्र्ट–इन–सेगमेन्ट’मा सबै एलईडी प्याकेजको साथ आवद्ध तुल्याइएको छ । अगाडि एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्पदेखि, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटरहरू र पछाडि एच सिंग्नेचरयुक्त एलईडी टेल लैम्पसम्म यसमा सामेल छन् । इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फस्र्ट–इन–सेगमेन्ट, साइड स्ट्यान्ड ईन्जिन कट अफले मोटरसाइकल प्राविधिक रूपमा उन्नत र सुरक्षित दुवै छ भन्ने कुरा सुनिश्चित गर्दछ ।

हीरो हंक १५० आर
उत्कृष्ट सवारी र ह्यान्डलिङ 

१४९ सीसीको एयर–कूल्ड इन्जिनबाट सुसज्जित, हंक १५० आरको कोर इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ । वास्तविक विश्वको पर्फमेन्स प्रदान गर्ने उद्देश्यले, सबै नयाँ हंक १५० आरमा हल्का सशक्त डायमण्ड ट्यूबलर फ्रेम प्रदान गर्दछ जसले कुनामा र सिधा सडकहरूमा सटिक ह्यान्डलिङ र स्थिरता प्रदान गर्दछ । १३०/ ७० एमएम रेडियल रियर टायरको साथ जोडी बनाइ आवद्ध तुल्याइएको गरिएको हंक १५० आर सबै प्रकारका सडक र सवारी सञ्चालन परिस्थितिमा उत्कृष्ट सडक पकड (रोड ग्रिप) प्रदान गर्दछ ।

राइडिङ ट्रांयगललाई चुस्तता, स्थिरता र सुविधाको उत्तम सन्तुलन प्रदान गर्ने गरी समायोजित गरिएको छ । मोटरसाइकलले वर्गकै पहिलो (फर्स्ट इन क्याटागोरी) अन्तर्गत, उत्कृष्ठ ह्यान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको समायोजन योग्य मोनो–शक सस्पेन्सन पनि राखिएको छ । फराकिलो ३७ मिलिमिटरको बिफी फ्रान्ट फोक्र्सले एक स्थिर र भव्य राइडिङ सुनिश्चित गर्दछ । हंक १५० आर तीन रंगमा उपलब्ध छ– एनएच १ ब्लाक, स्पोट्स रेड र टेक्नो ब्लू ।

प्रकाशित समय : २३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु