काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘बी’ डिभिजन लिगको उपाधि सातदोबाटोलाई

11.53K
shares

सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगको ट्रफी उचालेको छ । दुई खेलअघि नै बढुवा भएको सातदोबाटोले आफ्नो अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी)लाई पराजित गर्दै लिग च्याम्पियन बनेको हो । दुई खेलअघि नै सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोले २८ अंक बनाएको छ । सातदोबाटोले आफ्नो ११ खेलमध्ये ९ खेलमा जित, १ खेलमा हार र एक खेलमा बराबरी खेल्यो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको लिगको अन्तिम खेलमा सातदोबाटोले आरसिटीलाई १-० गोलअन्तरले पराजित गरेको हो । खेलको ६७ औं मिनेटमा सातदोबाटोले गोल गर्दै आफ्नो अन्तिम खेलमा जित निकालेको हो । बिहीबार नै भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

बी डिभिजन लिगको च्याम्पियन बनेको सातदोबाटोले १५ लाख रुपैयाँ पाएको छ । त्यस्तै उपविजेता खुमालटार युथ क्लबले १० लाख रुपैयाँ पाएको छ । त्यस्तै, तेस्रो भएको बाँसबारीले आठ लाख, चौथो भएको ब्वाइज युनियनले पाँच लाख रुपैयाँ पाए ।