‘केपी प्रवृत्ति’विरुद्ध लड्नुपर्छ भनेर नै मैले छुट्टै प्रतिवदेन लेखेको हुँ : प्रचण्ड
वि.सं.२०७७ फागुन २७ बिहीवार २१:३०
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपाको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन 'केपी प्रवृत्ति'विरुद्ध लड्नुपर्छ भनेर नै आफूले लेखेको बताएका छन् । माओवादीनिकट नमूना स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘केपी प्रवृत्तिविरुद्ध लड्नुपर्छ भनेर नै मैले छुट्टै प्रतिवदेन लेखेको हुँ । त्यो प्रतिवेदन लेख्दै गर्दा मलाई अर्को तरिकाले जनयुद्ध गर्न लागेको हो भन्ने भान भएको थियो,’ प्रचण्डले भने । उनले एकप्रकारको शान्तिपूर्ण युद्ध अहिले पनि जारी रहेको बताए । आफ्नै खुट्टामा उभिने र आफ्नै धर्तीसँग जोडिने अभियान सुरु गरेकोसमेत उनको भनाइ छ ।
नेकपाभित्र विवाद बढ्दै गएपछि प्रचण्डले १९ पृष्ठको छुट्टै प्रतिवदेन तत्कालीन नेकपाको सचिवालय बैठकमा पेस गरेका थिए । उक्त प्रस्ताव फिर्ता गर्न ओली पक्षले दबाब दिए पनि प्रचण्डले छलफलको विषय हुनुपर्नेमा जोड दिएका थिए ।

























