काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामाजिक विकास मन्त्रालय सचिव र प्रहरीलाई आयोगको पत्र 

17.09K
shares

राष्ट्रिय मानवअधिकार आयोगले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवसहित दुर्व्यहार गर्ने प्रहरीलाई समेत पत्र काटेको छ । फागुन १८ गते आयोगको नेपालगञ्ज  शाखाका प्रमुख झंकरबहादुर रावल सहितको टोलीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठको कार्यकक्षमा बादी समुदायको आन्दोलनका विषयमा बुझन् गएको आयोगको टोलीलाई प्रमुख सचिवसहित सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याल, प्रहरी सहायक निरीक्षक नरेन्द्र बिसीले दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

नेपालको संविधानको मर्मबमोजिम र प्रचलित कानुनले निर्दिष्ट गरेको अधिकार बमोजिम अनुगमनको गएको आयोगको टोलीलाई के कति कारणले दुर्व्यवहार भएको हो भन्दै तीन दिनभित्रमा यथार्थ विवरण पठाउन भन्दै आयोगले पत्र काटेको हो । यसअघि प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई समेत आयोगले पत्र काटेर तीन दिनसम्म के कति कारणले दुर्व्यवहार गरिएको भन्ने बारेमा विवरण पठाउनु भन्दै पत्र काटेको थियो ।