काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

11.91K
shares

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाड बढिरहेको सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका ९, करदाता सेवा कार्यालय, विराटचोकमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले गरेका छन् ।

एक्सटेन्सन काउन्टरको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ विराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय विराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख भोलाबहादुर बिष्ट, सिभिल बैंक प्रदेश १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायीलगायतको उपस्थिति थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीले आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरबाट गर्न सक्नेछन् । पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखामार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यससहित एक्सटेन्सन काउन्टर संख्या सात पुगेको छ । बंैकका हालसम्म ८९ वटा एटीएम छन् । बैंकले हालसम्म करिब ८१ अर्बभन्दा बढी निक्षेप संकलन तथा ७४ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ ।