काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१६ जना महिलालाई सिलाइकटाई तालिम

13.02K
shares

डेढ महिने कटाई तालिम सम्पन्न भएको छ । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको आयोजना तथा जनसेवा सामुदायिक सिकाई केन्द्र लेकवेशी– ४, दशरथपुरको समन्वयमा सञ्चालन भएको ४५ दिने कटाई सिलाई तालिम बुधबार सम्पन्न भएको हो ।

निर्देशनालयले महिला आयआर्जन कार्यक्रमअन्तर्गत गत माघ ५ गतेबाट तालिम सुरु गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि एवं प्रदेशसभा सदस्य सीता नेपालीले ग्रामीण क्षेत्रमा सञ्चालन हुने यस्ता तालिमहरुले महिलाहरुको आयआर्जनमा वृद्धि हुने र महिलाहरु आफैँमा आत्मनिर्भर हुन सहयोग पुग्ने बताइन् । ग्रामीण क्षेत्रका महिलाहरुको जीवनस्तर उकास्नका लागि यस्ता तालिमहरु अनिवार्य रुपमा सञ्चालन गरिनु पर्ने उनको भनाइ छ ।

जनसेवा सामुदायिक सिकाई केन्द्रको अध्यक्ष यज्ञ बहादुर रेग्मीले यस क्षेत्रमा तालिम सञ्चालन हुनुले सिकाई केन्द्रको लक्ष्य र उद्देश्यसँग मेल खाएको भन्दै आफूहरु गौरावन्वित भएको बताए । निर्देशनालयको शिक्षा अधिकृत विना थापाले आफूहरुलाई ग्रामीण भेगमा यस्तो प्रकारको तालिम सञ्चालन गर्नुले त्यस क्षेत्रका महिलाहरुको जीवनस्तर उकास्न सहयोग पुग्ने महसुस भएकाले यो तालिमको आयोजना गरिएको बताइन् । तालिम सम्पन्न भएपश्चात १६ जना महिलाले प्रत्यक्ष रुपमा रोजगारी पाउने भएका छन् ।