काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

च्याम्पियन्स लिग फुटबल : अन्तिम १६ बाट युभेन्टस बाहिरियो

11.4K
shares

इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरे पनि युभेन्टस बाहिरिएको हो ।

अतिरिक्त समयसम्म लम्बिएको खेलमा युभेन्टसले १० खेलाडीमा सीमित पोर्टोलाई हराएको थियो । तर, समग्रमा नतिजा ४-४ गोलको बराबरी हुँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । यस अघि पहिलो लेगमा पोर्टोले युभेन्टसलाई २-१ ले हराएको थियो । अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टो २-२ बराबरीमा ल्याए । त्यसपछि खेलको १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए । तर, यस जितले युभेन्टसलाई क्वाटरफाइनलमा पुर्‍याउन भने सकेन ।

यससँगै युभेन्टस लगातार दोस्रो सिजन अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ ।