माओवादी केन्द्रले संसद र सरकारबारे कांग्रेस र जसपासँग छलफल गर्ने
वि.सं.२०७७ फागुन २५ मंगलवार २२:१२
shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ ।
मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ । 'आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ,' उनले भने ।

























