प्रधानमन्त्रीको फोटोसहित नेकपा एमालेको बोर्ड
वि.सं.२०७७ फागुन २५ मंगलवार २१:२८
shares

नेकपाको पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहित नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्यूँतिएपछि उत्साहित बनेका नेकपा ओली समूहका कार्यकर्ताले मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका हुन् ।
वीरेन्द्रनगरस्थित ऋषि स्मृति भवनमा भेला भएका ओली समूहका नेता कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका हुन् । पार्टी एकताअघि पनि उक्त कार्यालय नेकपा एमालेकै थियो ।

























