पदको लोभ छैन, प्रस्ताव आए पछि हटिन्न : देउवा
वि.सं.२०७७ फागुन १९ बुधवार २२:४८
shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई पदको लोभ नभएको बताएका छन् । पदको लोभ नभएपछि टाउकोमा जिम्मेवारी आएमा नभाग्ने भन्दै उनले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा पछि नहट्ने बताए ।
चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘पदको लोभ छैन, टाउकोमा आयो भने भाग्दा पनि भागिन्न ।' उनले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको पनि बताए । दिन्छु भन्दै आएमा पार्टीलाई फाइदा हुने भन्दै सरकारमा सहभागी हुने संकेत दिए ।

























