काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अहिलेको अवस्थामा सबैको विश्वास अदालतमाथि टिकेको छ : पूर्वराष्ट्रपति यादव

10.84K
shares

पूर्वराष्ट्रपति डा. रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन् । २०७२ सालमा स्थापित तेज-तीर्थ ट्रष्टले बिहीबार आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उनको भनाइ थियो ।

अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएकाले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा उनले आह्वान गरे । ‘सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छु,’ डा. यादवले भने । बीपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा. यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उनको भनाइ थियो । अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गरे । ‘अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ,’ डा. यादवले भने, ‘अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ ।’ स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उहाँले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए ।