काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लोडसेडिङसम्बन्धी समाचारको खण्डन गर्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति

13.92K
shares

विभिन्न सञ्चार माध्यममा आएको लोडसेडिङसम्बन्धी समाचारको नेपाल विद्युत प्राधिकरणले विज्ञप्तिमार्फत खण्डन गरेको छ । प्राधिकरणको आन्तरिक प्रणाली सुधार र व्यवस्थापनका क्रममा काठमाडौंका केही क्षेत्रमा लाइन काटिने सूचनाका आधारमा लोडसेडिङ सुरु भएको आशयको समाचार आएको भन्दै प्राधिकरणले खण्डन गरेको हो ।

प्राधिकरणले अहिलेको अवस्थामा देशमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरेको छ । ‘वितरण प्रणाली र सामान्य प्राविधिक कामका लागि लाइन काटिएको भन्दै लोडसेडिङ अन्त्यको घोषणा भइसकेको अवस्थामा अब लोडसेडिङको तालिका आउने अनुमानका समाचारमा कुनै सत्यता छैन,’ प्राधिकरणद्वारा बिहीबार जारी तीन बुँदे विज्ञप्तिमा भनिएको छ ।