global ime bank Long Banner Ad

गृहपृष्ठ टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

मेगा बैंकले टेम्पोमा यात्रा गर्ने यात्रुलाई क्यूआर कोडबाटै रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआर कोडबाटै रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो ।

डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकबाट सुरु गरिएको यो सेवा देशभर विस्तार गरिने बैंकले जनाएको छ ।

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलालाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था गर्दै आएको छ । 

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु