काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध
वि.सं.२०७७ फागुन १५ शनिवार १९:१४
shares

उपत्यकाका महाराजगञ्ज, कीर्तिपुर र पुल्चोक वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा शनिबार दिनभर विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत वितरण प्रणाली मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो ।
महाराजगञ्ज वितरण केन्द्रको सामाखुशी फिडरअन्तर्गत पर्ने बानियाटार र इन्द्रणी पुल क्षेत्रमा ट्रान्सफर्मर मर्मतसम्भार कार्यका लागि आज बिहान ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म बत्ती काटिएको छ प्राधिकरणले जनाएको छ । उक्त फिडर सटडाउनमा राखेर मर्मतसम्भारको काम गर्नुपर्ने भएपछि गोंगबु, सामाखुशी, बानियाटार, भण्डारीटोल लगायतका क्षेत्रहरुमा बत्ती हुनेछैन ।
त्यस्तै महाराजगञ्ज वितरण केन्द्रकै महाराजगञ्ज, कपनमार्ग, पीपलबोट, गंगालाल अस्पताल क्षेत्रमा पनि बत्ती काटिएको छ । महाराज वितरण केन्द्रको शिवपुरी फिडरअन्तर्गत पर्ने डाँडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पञ्चेटार, मेगासिटी, ढलमलटार क्षेत्रमा पनि विद्युत आपूर्ति अवरूद्ध भएको छ ।

























