global ime bank Long Banner Ad

गृहपृष्ठ मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकुद आवश्यक : मुख्यमन्त्री पौडेल

मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकुद आवश्यक : मुख्यमन्त्री पौडेल

मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकुद आवश्यक : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक पर्ने बताएका छन् । हेटौँडाको हुप्रचौरमा आजबाट सुरु भएको मेयरकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले हरेक स्थानीय तहमा रंगशाला निर्माण गर्ने अभियानलाई प्राथमिकतामा राखेको जनाउँदै अन्तर्राष्ट्रियस्तरका खेलमैदानहरु निर्माण गरेर अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्नसके आर्थिकरुपमा समेत फाइदा पुग्ने बताए । पौडेलले हेटौँडाको गौरीटार रंगशालामा प्रदेश सरकारले फुटबल मैदान निर्माण गरेको र प्यारापिट निर्माणको कामसमेत सुरु गरेको जानकारी दिए ।

आजबाट सुरु भएको मेयरकप प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । नगर खेलकूद विकास समिति हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेतालाईरु दुई लाख र उपविजेतालाई एक लाख ५० हजार रूपैयाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रूपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच/पाँच हजार रूपैयाँ प्रदान गरिने छ । (रासस)

प्रकाशित समय : १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु