global ime bank Long Banner Ad

गृहपृष्ठ फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस

फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले फागुन २३ गते संसद् बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सर्वोच्च अदालतको आदेश बमोजिम संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फेसला सुनाउँदै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश जारी गरेको थियो । 

प्रकाशित समय : ०१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु