गृहपृष्ठ सशस्त्र प्रहरी वरिष्ठ हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सशस्त्र प्रहरी वरिष्ठ हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस रामनगर, महोत्तरीका वरिष्ठ हवल्दार सरबनकुमार बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । उनीविरुद्द १५ हजार बिगो रकम दाबी गरी अदालतमा मुद्दा दायर भएको हो ।
घरायसी प्रयोगका लागि काठदाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १५ हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेका उनीविरुट सोमबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अनुसन्धानपश्चात उनले घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) अनुसार सजाय दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रकाशित समय : १९:०८ बजे



















