global ime bank Long Banner Ad

गृहपृष्ठ मनहरी गाउँपालिकाका उपाध्यक्ष विष्टद्वारा पदबहाली

मनहरी गाउँपालिकाका उपाध्यक्ष विष्टद्वारा पदबहाली

मनहरी गाउँपालिकाका उपाध्यक्ष विष्टद्वारा पदबहाली

उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले इतबार कार्यालय पुगेर पुनर्बहाली गरेकी छन् । उनले लिखित राजीनामा दिएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पुस १७ गते राजीनामालाई स्वीकृत गरेका थिए ।

उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैध रुपमा लेखिएको राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गराएको बताइन् ।

उनले अवैध राजीनामालाई बदर गरी साविकबमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न उच्च अदालत इजलास पाटन हेटौँडा उत्प्रेषणयुक्त परमादेश आदेश पाऊँ भनी पुस २८ गते निवेदनपत्र दर्ता गराएकी थिइन् । फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलासबाट मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई साविकबमोजिमै पुनर्बहाली गर्न अदेश दिएको थियो ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु