Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

निफ्राको सेयर मूल्यमा सकारात्मक सर्किट, कति पुग्यो ?

न्युज कारोबार काठमाडौं फागुन ९, २०७७       

निफ्राको सेयर मूल्यमा सकारात्मक सर्किट, कति पुग्यो ?

इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । निफ्राको दोस्रो बजार खुलेसँगै लगातार उकालो लागेको मूल्य आइतबार पनि कारोबार खुले लगत्तै ९.८९ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो ।

अहिले इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँ बढेर ६०० रुपैयाँ पुगेको छ । माघ २ देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता सेयर अर्थात ८ अर्ब बराबरको आईपीओ निष्काशन गरेको हो ।
 

सम्बन्धित खबरहरु