प्रचण्ड-माधव पक्षद्वारा मानवसाङ्लो बनाएर टुँडिखेल घेराउ
वि.सं.२०७७ फागुन ६ बिहीवार २३:३५
shares

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले टुँडिखेल घेराउ गरेको छ । सरकारको कदमको विरोध गर्दै बिहीबार टुँडिखेलमा मानव साङ्लो बनाएर यो समूहले विरोध गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा प्रचण्ड-माधव पक्ष सडक आन्दोलनमा छ । चौथो चरणको संघर्षका कार्यक्रमअन्तर्गत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको हो ।
जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ । गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको प्रचण्ड-माधव समूहले हिजोदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको हो । चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रम फागुन २१ गतेसम्म चल्नेछ ।
.jpg)

























