काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अरुण काबेलीले पारित गर्‍यो कानुनविपरीतको वित्तीय प्रतिवेदन

20.31K
shares

अरुण काबेली पावर लिमिटेडको हालै सम्पन्न साधारण सभाबाट कानुनविपरीतको वित्तीय प्रतिवेदन पारित भएको पाइएको छ । कम्पनीको मंसिर २२ गते सम्पन्न साधारण सभाबाट कम्पनी ऐन र धितोपत्र दर्ता तथा निष्कासन नियमावलीविपरीतको वित्तीय विवरण पारित गरिएको हो ।

कम्पनीको साधारण सभाले नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड (एनएएस) अन्तर्गत वित्तीय प्रतिवेदन पारित गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले अनिवार्य नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अन्तर्गत वित्तीय प्रतिवेदन पारित गर्नुपर्ने कानुनी प्रावधान छ ।

कम्पनी ऐन २०६३ को दफा ११५ (२) अनुसार लेखापरीक्षकको प्रतिवेदन प्रचलित कानुनअनुसार वा अधिकारप्राप्त निकायले निर्धारण गरेको लेखापरीक्षणमान (अडिट स्ट्यान्डर्ड) अनुरुप हुनुपर्नेछ र त्यस्तो प्रतिवेदनमा आवश्यकताअनुसार यस ऐनबमोजिम खुलाउनुपर्ने कुराहरू उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै दफा १०९ (२) अनुसार उपदफा (१) बमोजिम तयार गर्ने वार्षिक आर्थिक विवरणमा कम्पनीको कारोबारको यथार्थ र वास्तविक स्थिति देखाई सो आर्थिक वर्षमा भएको नाफा–नोक्सानीको हिसाब तथा नगद प्रवाहको विवरणसमेत दर्शाइएको हुनुपर्नेछ । त्यस्तो आर्थिक विवरण कानुनबमोजिम तोकिएको ढाँचामा तयार गर्नुपर्नेछ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ (३) ले पनि यसलाई स्पष्ट गरेको छ । जसअनुसार यस नियमबमोजिम उपलब्ध गराउनुपर्ने वित्तीय विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले लागू गरेको लेखामान, नियमनकारी निकायले निर्धारण गरेको मापदण्ड, धितोपत्र बजार तथा धितोपत्र व्यवसायीको लागि बोर्डले तोकेको मापदण्डअनुरुप तयार पार्नुपर्नेछ ।

कम्पनीको वित्तीय विवरणमा लेखापरीक्षकले 'आफ्नो राय दिन नसकिने' उल्लेख छ । त्यस्तो प्रतिवेदन पारित हुनु नै गम्भीर विषय भएको जानकारहरू बताउँछन् । अरुण काबेलीको बाह्य लेखापरीक्षण जी पौड्याल एन्ड एसोसिएट्स कम्पनीले गरेको हो ।

गुरुप्रसाद न्यौपाने अध्यक्ष रहेको अरुण काबेली पावरले प्रदेश १ को ताप्लेजुङमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत परियोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पनीले २०७६ कात्तिक २३ गतेदेखि व्यावसायिक उत्पादन थालेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा २८ हजार ६०३ रुपैयाँ खुद नाफा गरेको अरुण काबेलीले गत वर्ष १० करोड ७९ लाख ७७ हजार २२७ रुपैयाँ खुद नाफा गरेको छ । हालै प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममै १८ करोड २६ लाख रुपैयाँ खुद नाफा गरिसकेको छ ।

चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको अरुण काबेलीले २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५.७१ प्रतिशत बोनस तथा ०.२९ प्रतिशत नगद गरी ६ प्रतिशत लाभांश वितरण गरेको छ ।

कम्पनीको सञ्चालकमा बच्छराज तातेड, जीवनराज शाक्य, भेजप्रसाद तिमिल्सिना, मिलन खड्का र नोलकुमारी आचार्य छन् । स्वतन्त्र सञ्चालकमा इन्द्रमणि त्रिताल छन् । त्रिताल लेखापरीक्षण समिति संयोजक हुन् । समितिमा आचार्य र थानेश्वर भट्टराई सदस्य छन् । कम्पनीका अध्यक्ष न्यौपाने तत्कालीन जनता बैँकका पूर्वअध्यक्ष हुन् ।