गृहपृष्ठ दैलेखमा महिला अधिकार हनन् सम्बन्धी ३३ घटना

दैलेखमा महिला अधिकार हनन् सम्बन्धी ३३ घटना

दैलेखमा महिला अधिकार हनन् सम्बन्धी ३३ घटना

न्युजकारोबार संवाददाता
दैलेख, पुस ८–अनौपचारिक सेवा केन्द्र इन्सेकले दैलेख जिल्लाको प्रतिवेदन सार्वजनिक गर्दै दैलेखमा महिला र बाल अधिकार हनन्का घटना तुलनात्मकरुपमा धेरै रहेको उजागर गरेको छ ।
दिक्तेलमा एक कार्याक्रम आयोजना गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । इन्सेकको प्रतिवेदन अनुसार जिल्लामा ३३ वटा महिला अधिकार हनन् सम्बन्धी घटना भएको जनाएको छ ।
साथै, बाल अधिकार हनन्का १३ घटना भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै एक जनामा बलात्कार, एक जनामा बलात्कारपछि बेचबिखन, दुई बलात्कारको प्रयास, आठ बहुविवाह, १० घरेलु हिंसा तथा ११ अन्य प्रकारले महिलामाथि दुव्र्यवहार भएको जनाइएको छ ।

सन् २०१७ जनवरीदेखि डिसेम्बर १५ भरी जिल्लामा संकलित मानवअधिकार ज्यादतीका ६९ घटनामध्ये बालअधिकार हननमा १२ बालिका र एक शिशु पीडित बनेको इन्सेक प्रतिनिधि सुनिता मगरले जानकारी दिइन् । बालअधिकार हननमा आठ बालिका बलात्कार तथा चार बालिकामाथि यौनजन्य दुव्र्यवहार भएको जनाइएको छ ।

घटनाको प्रकाशनपूर्व सरोकारवाला निकायसँग गरिएको समीक्षा कार्यक्रममा जिल्लामा नौ जनाको हत्या भएको बताइएको छ । त्यस्तै बम विस्फोटबाट एक जना घाइते बनेको तथा कुटपिटबाट आठ जना घाइते बनेको जनाइएको छ ।

सम्पत्तिमाथिको अधिकारअन्तर्गत सो वर्ष पाँच घटनामा चार जना पीडित हुन पुगेका छन् । तिनमा सार्वजनिक भवनमा आगजनी र चार व्यक्तिको सम्पत्ति कब्जा गरेको भनी आतंकित बनाइएको पाइएको छ । कार्यक्रममा जिल्लामा हुने कतिपय गम्भीर प्रकृतिका घटना सार्वजनिक नहुँदा पीडकले उन्मुक्ति पाउने गरेको अधिकारकर्मीले बताए ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु