global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ श्रीमान् श्रीमती विवादले आगो लगाउँदा घर जल्यो

श्रीमान् श्रीमती विवादले आगो लगाउँदा घर जल्यो

श्रीमान् श्रीमती विवादले आगो लगाउँदा घर जल्यो

ताप्लेजुङ, १३ पुस – ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ । 

राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ ।

राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् । आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ ।

आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ ।

यता प्रहरीले भने घटनाका विषयमा बिहानमात्र जानकारी भएकाले त्यसतर्फ अहिले प्रहरी पठाइएको र घटनाका सम्बन्धमा थप बुझ्ने जनाएको छ ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु