गृहपृष्ठ जाडोस“ग विरामी चाप बढ्दो

जाडोस“ग विरामी चाप बढ्दो

जाडोस“ग विरामी चाप बढ्दो

पुस,२३- अत्यधिक जाडो स“गै रुघाखोकी र ज्वरोका विरामी बढन थालेका छन् , आइतबारसम्म जाजरकोटको जुनिचाँदेमा चार सय भन्दा बढी बिरामीले रुघाखोकी जरोको उपचार गराए, दुई सातादेखि रुघाखोकी र ज्वरो प्रकोप फैलिएको छ भने प्रभावित क्षेत्रमा दुई हजार भन्दा बढी बिरामी परेका छन् । ।

जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले जुनिचाँदे–१ को बड्कुले स्वास्थ्य चौकी, २ को भैरव मावि मजकोट र वडा नं– ३ को स्याँलामा आज २५० भन्दा बढी बिरामीको उपचार गरेको छ ।
ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, आँखा रातो हुने, घाँटी दुख्नेलगायत लक्षण देखिएको डा पवन शाक्यले बताउनुभयो ।

डा शाक्यसहित नौजना स्वास्थ्यकर्मीको टोली औषधिसहित रोग प्रभावित क्षेत्रमा पुगेको छ । जुनिचाँदेमा साताअघि रुघाखोकी र ज्वरोबाट नौजनाको मृत्यु भएको बताइएको छ । जुनिचाँदेको जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, स्याँला, मजकोट, आलीमौगाना, डाडाकोट, परालेमालगायत गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

रोग प्रभावित क्षेत्रमा सेनाको टोली सदरमुकामबाट आज नेपाली सेनाको टोली आज रोग प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मंगलबारसम्म सेनाको टोली रोग प्रभावित क्षेत्रमा पुग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित समय : ०७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु