गृहपृष्ठ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित
हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आज यहाँ बसेको १९औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागी वार्षिक बजेट सर्वसम्मतिबाट पारित गरेको छ । सो नगर अधिवेशनमा आव २०८३/८४ का लागी दुई अर्ब ८५ करोड पाँच लाखको बजेट प्रस्तुत गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेशकुमार बानियाँले मङ्गलबार नगर अधिवेशनमा प्रस्तुत गरेको बजेटमा उल्लेख गरेअनुसार आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार, राजस्व बाँडफाँटतर्फ ९९ करोड २० लाख ४८ हजार, बागमती प्रदेश सरकारको विभिन्न अनुदानबाट १० करोड एक लाख ७२ हजार तथा सङ्घीय सरकारको तर्फबाट अनुदान एक अर्ब १८ करोड ४६ लाख हेटौँडाको भौतिक पूर्वाधार विकासमा खर्च गर्न उक्त नगर अधिवेशनले स्वीकृति प्रदान गर्यो ।
सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडा नगरको केही दुर्गम वडाको टोलमा खानेपानी, सडक, विद्युतीकरण, स्वास्थ्योपचार, पर्यटन क्षेत्रको विस्तार, उच्च शिक्षाको गुणस्तरीय अभिवृद्धि गर्ने, किशोरीलाई शिक्षा आर्जन गर्न जोड दिने र भौतिक पूर्वाधार निर्माण कार्यमा उक्त बजेटले निष्पक्षताका साथ कार्यन्वयन गर्ने बताए । प्रमुख लामाले आव २०८३/८४ का लागी वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रकाशित समय : २१:४५ बजे



















