global ime bank Long Banner Ad

गृहपृष्ठ रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता

रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता

रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता

लुम्बिनी। रुपन्देही जिल्लाका अधिकांश स्थानीय पालिकाहरुले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आज बजेट प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेका अधिकांश स्थानीय पालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले आज नगरसभामा तीन अर्ब ९९ करोड २२ लाख २१ हजार २०० बराबरको बजेट प्रस्तुत गर्नुभयो । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेट चालु आवको तुलनामा झण्डै रु ६४ करोड बढेर आएको छ ।

चालु आवमा २०८२/०८३ को लागि रु तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको थियो । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ ।

‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको प्रस्तावित बजेटको बजेटको स्रोत व्यवस्थापनका लागि सङ्घीय सरकारबाट सङ्घीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख, सशर्त अनुदान (चालु)तर्फ ५० करोड २५ लाख, सशर्त अनुदान (पुँजीगत)तर्फ सात करोड चार लाख, विशेष अनुदान (पुँजीगत)तर्फ ९० लाख र समपूरक अनुदान (पुँजीगत)तर्फ २० लाख प्राप्त हुने अनुमान छ ।

यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत रु दुई करोड तीन लाख ६५ हजार, सशर्त अनुदान (चालु)तर्फ ५६ लाख ५० हजार, सशर्त अनुदान (पुँजीगत)तर्फ एक करोड ७३ लाख, समपूरक अनुदान (पुँजीगत)बापत एक करोड ५० लाख र विशेष अनुदान (पुँजीगत)तर्फ २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट दुई करोड ७५ लाख ६१ हजार प्राप्त हुने अनुमान छ । नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत एक अर्ब ५० करोड ३८ लाख ५९ हजार २०० सङ्कलन हुने लक्ष्य राखिएको छ ।

यसबाहेक स्थानीय राजस्व बाँडफाँटअन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहतार बहत्तरको बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८०० प्राप्त हुने तथा गत आर्थिक वर्षको बचत (अल्या) ४० करोड गरी कूल स्रोत तीन अर्ब ८५ करोड रहने अनुमान गरिएको छ ।

प्रकाशित समय : २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु