गृहपृष्ठ छात्रवृत्ति प्रदान

छात्रवृत्ति प्रदान

छात्रवृत्ति प्रदान

पुस, २४- काभ्रेपलाञ्चोकको धुलिखेलमा न्यायाधीश श्रीमती समूहद्वारा आइतबार चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो । २०५६ मा स्थापना गरिएको न्यायाधीश श्रीमती समूहले हरेक वर्ष ‘गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम’ संचालन गर्दै आएको छ । यस वर्ष प्रवेशिका परीक्षामा उत्कृष्टमध्येका चार जना विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरिएको समूहका अध्यक्ष वसन्ता पराजुलीले बताए ।

छात्रवृत्ति पाउनेमा काभ्रेपलाञ्चोकका अञ्जन श्रेष्ठ, सिन्धुलीका दिक्षा लामा र प्रतिभा भट्टराई र मुगु जिल्लाका दुर्गा बुढा रहेका छन् । सो समुहले स्वास्थ्य क्षेत्रमा पनि निःशुल्करुपमा शिविर एवं अन्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीले छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थीको अध्ययनमा थप टेवा पुग्ने बताए । अध्यक्ष वसन्ता पराजुलीले छात्रवृत्ति प्रमाणपत्रसहित नगद रु दश हजार दरले चेक वितरण गरे ।

प्रकाशित समय : ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु