nmb bank

गृहपृष्ठ एनसीसी बैंकको शाखा महाराजगञ्जमा

एनसीसी बैंकको शाखा महाराजगञ्जमा

एनसीसी बैंकको शाखा महाराजगञ्जमा

काठमाडौं – महाराजगञ्जमा नेपाल क्रेडिट एन्ड कमर्श ९एनसीसी० बैंकले शाखा विस्तार गरेको छ । शाखाको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरका थिए ।

महानगरपालिका, वडा नम्बर ३ का वडा अध्यक्ष दिपक के।सीले एनसीसीसंग नजिक बसेर काम गर्न ईच्छुक रहेको भन्दै वडा कार्यालयबाट बचत परिचालनका अवसरहरु उपलव्ध गराउन तत्पर रहेको बताए ।  अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले शाखाबाट उत्कृष्ट सेवाहरु सुम्पिने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले महाराजगञ्ज क्षेत्रको बचत सोही क्षेत्रमा परिचालन गरी यहाँ अवस्थित उद्योग, व्यापार र व्यवसाय प्रबद्र्धनमा बैंक सहायक हुने कुरा आश्वस्त गराउँदै बैंकले छिटै राष्ट्र बैंकले तोकेका १६ वटा ग्रामीण स्थानिय निकायहरुमा शाखा विस्तार गर्न लागेको जानकारी दिए ।

 

 

 

 

प्रकाशित समय : ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु