गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले फेरी बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै अटोप्राइज प्रणाली अनुसार निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजलमा र मट्टीतेलमा २र२ रुपैयाँले मूल्य समायोजन गरेको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर एक सय अमेरिकी डलर बढाएको छ ।
मूल्य समायोजन गरेपछि पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य क्रमशः १०४, डिजेल र मट्टीतेललाई ८३ रुपैयाँ पर्ने भएको छ ।
मूल्य बढे पनि निगमलाई यो पाक्षिक ९१५ दिन०मा १४ करोड ९२ लाख रुपैयाँ घाटा हुने निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए ।

प्रकाशित समय : ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु