गृहपृष्ठ एकसय तीन वर्षका भूपू सैनिकसम्म सहभागी
एकसय तीन वर्षका भूपू सैनिकसम्म सहभागी
चितवन – नेपाली सेनाले भूपू सैनिक सम्मेलन एवं स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली सेना सैनिक कल्याणकारी बोर्डको आयोजनामा श्री मध्य पृतना हेटक्वाटर चितवनमा आयोजित सम्मेलनको प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे । प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले देशको सार्वभौमक्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा गर्दै आएको र सदैव रक्षा गर्ने बताए ।
सरकारले दिएको जिम्मेवारीले सेनाले पूरा गर्दै आएको र संस्थाको छविलाई थप उचाइमा प¥याउन सेनाको भूमिका निरन्तर रहेको बताए ।
नेपालको संविधानअनुसार प्रादेशिक नेपाली सेनाको संरचना तयार गरी जिम्मेवारी पूरा गरिरहेको र तीनै तहको निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा सफलतापूर्वक सम्पन्न गर्न पाउँदा गौरवान्वित अनुभूति गरेको बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन नेपाली सेना सफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले उत्तरी नाका र जिल्ला सदरमुकाम जोड्ने र काठमाडौँ–तराई निर्माण दू्रतमार्ग निर्माणजस्तो राष्ट्रिय गौरवको काम सुम्पेको छ, यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएका छौँ ।”
नेपाली सेना सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत तथा अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले भूपू सैनिको आर्थिक उन्नति र समृद्धिका साथै भूपू र बहालवाला सैनिकबीच सुमधुर सम्बन्ध बनाउन सम्मेलन जरुरी रहेको बताए ।
अवकाशप्राप्त पूर्वरथी बालानन्द शर्माले कल्याणकारी कोषबाट भूपू सैनिकको सामाजिक जीवन उकास्ने हुँदा लघुउद्यम कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘आर्थिक प्रगति, समुनति र सर्वोपरि हितका लागि काम गरौँ’ भन्ने नाराका साथ आयोजना उद्देश्य सैनिक कल्याणकारी कार्यबाट थप ऊर्जा ल्याउन, आपसमा भेटघाट गर्नु, अनुभव सुन्नु र प्रेरणाले अघि बढ्नु रहेको थियो । विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट कोषको औपचारिकरुपमा स्थापना गरिएको हो । २०७४ पुस मसान्तसम्म कोषमा कूल रु ४२ अर्ब तीन करोड ३८ लाख ६९ हजार रहेको छ ।
१०३ वर्षे भूपू सैनिक अभिनन्दित नेपाली सेनाले चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा १०३ वर्षका ज्येष्ठ भूपू सैनिकलाई गणेशबहादुर अधिकारीलाई प्रधानसेनापति क्षत्रीले दोसल्ला र प्रमाणपत्रबाट अभिनन्दन गरे ।
सम्मेलनमा प्रधानसेनापति क्षत्रीले लघुउद्यम नेपाली सेना सैनिक कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बंैकको समझदारीमा लघुउद्यम कार्यक्रम सञ्चालनमा आएको छ ।
‘अस्पताल चाहियो’
चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा भाग लिन आएका भूपू सैनिक र सैनिक परिवारले प्रधानसेनापति क्षत्रीसँग प्रत्यक्ष भेटवार्ता गरी काठमाडौँ उपचार गर्न टाढा भएकाले चितवनमा सैनिक अस्पताल बनाउन माग गरेका थिए ।
क्षत्रीले सैनिकको चाहना र आवश्यकताअनुसार औषधोपचारलाई दिने साथै पोखरामा पनि क्षेत्रीय अस्पताल निर्माण गर्ने कार्य भइरहेको र आवश्यकता परेमा यहाँ पनि सैनिक अस्पताल निर्माण गर्न सकिने सुनाए । सम्मेलनमा तीन हजार ७२३ भूपू सैनिक र बहालवाला गरी चार हजार सहभागी भएका थिए । सम्मेलनका अवसर पारेर यही माघ १८ गतेदेखि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा एक हजार ९५४ बिरामीले उपचार गराएका थिए ।
कालिका खड्का
प्रकाशित समय : २२:५० बजे