global ime bank Long Banner Ad

गृहपृष्ठ एभरेष्ट इन्स्योरेन्स ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने

एभरेष्ट इन्स्योरेन्स ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने

एभरेष्ट इन्स्योरेन्स ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने

काठमाडौं । संस्थापक सेयर ५१ प्रतिशत कायम हुने गरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले निर्णय गरेको छ । सञ्चालक समितिको बैठकले हाल कायम रहेका सबै सेयर धनीहरुलाई थप ५१ प्रतिशत संस्थापक सेयर कायम हुने गरि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
१२ करोड १५ लाख चुक्ता पुँजी रहेका लगानी कर्ताले ५१ प्रतिशतले हुने १२ करोड ६४ लाख मू्ल्य बराबरको संस्थापक हकप्रद सेयर पाउनको लागि नेपाल धितोपत्र बोर्ड र बीमा समितिले अनुमति दिनुपर्नेछ ।
संस्थापक हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २४ करोड ७९ लाख रुपैंयाँ कायम हुनेछ जसमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरको संरचना बन्नेछ । दुबै थरी सेयर धनी भने एउटै व्यक्ति हुनेछन् ।
२४ करोड ७९ लाख चुक्ता पुँजी कायम भएपछि कम्पनीलाई बीमा समितिले तोकिएको एक अर्ब पुँजी पुर्याउन थप ७५ करोड २१ लाख अपुग हुनेछ । कम्पनीले सो मात्रामा पुँजी जुटाउन ३०३ प्रतिशत हकप्रद सेयर जारी गर्न सक्नेछ । तर सोक्रममा कम्पनीले केहि मात्रामा बोनस सेयर समेत जारी गर्नुपर्ने अवस्था आउन सक्नेछ ।
संस्थापक लगानी कर्ता बिनै सञ्चालन हुँदै आएको एभरेष्ट इन्स्योरेन्सलाई बीमा समितिले पुस २८ गते पत्र लेखेर संस्थापक र साधारण सेयरधनीको अनुपात ५१ः४९ बनाउन निर्देशन दिएको थियो ।

प्रकाशित समय : २२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु