काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

२२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

2.35K
shares

काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको  २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडाँैका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भन्नुभयो, “काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित रहेको बारमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।”

उक्त स्थानबाट निज तारालाल विश्वकर्माले साथमा बोकेको झोलाभित्र लुकाइछिपाइ राखेका अवस्थामा स्रोत नखुलेको नेपाली नगद रु २२ लाख, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख नगरेको चेकहरू चार थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, निज तारालाल विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा करिब २००० युएसडिटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।