गृहपृष्ठ पौने ६ लाखको ‘एक्स्स आर १९० एल’ बिगबाइक

पौने ६ लाखको ‘एक्स्स आर १९० एल’ बिगबाइक

पौने ६ लाखको ‘एक्स्स आर १९० एल’ बिगबाइक

काठमाडौं-होण्डा नेपालले नयाँ ‘एक्स्स आर १९० एल’ बाइक सार्बजनिक गरेको छ । नेपाली बजारमा मागलाई ध्यानमा दिदै उक्त बाइक भित्र्याएको छ ।
नेपालमा बढी माग भएको डर्ट बाइक ‘एक्स आर १५० एल’ को अर्को उत्पादन ‘एक्स्स आर १९० एल’ लाई होण्डा बिगबाइक वर्ग अन्तर्गत थपेको छ । आफ्नो प्रसिद्ध होण्डा एक्स एल १८५ को उत्तराधिकारीका रुपमा उक्त बाइकलाई ल्याएको कम्पनीको धारणा रहेको छ ।
बाइकमा फ्यूल–इन्जेक्सन रहेको नेपालको पहिलो अफ–रोड मोटरसाइकल भएको कम्पनीले जानकारी दिएको छ । जसद्धारा बाइकले उत्कृष्ट माईलेज र पावर प्रदान गर्न सक्ने क्षमता रहेको र बाइकमा ब्याक–अप किकस्टार्टका समेत उपलब्ध छ ।
बाइकको तौल १ सय २३ किलो छ । फ्यूल इण्डिकेटर, १२ लिटर फ्यूल ट्यांक, हाई ग्राउण्ड क्लेरेन्स, सबै उचाइका चालकहरुका लागि उपयुक्त सिट लगातय बाइकको विशेषताहरु छन् । सहज र सरल रुपममा मर्मत–संभार गर्न सकिने उक्त बाइकको सुरुवाती मूल्य रू। ५ लाख ७० हजार रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ ।

प्रकाशित समय : २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु