global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ खान्कीको विषयमा म्यादी प्रहरीले गरे आन्दाेलन

खान्कीको विषयमा म्यादी प्रहरीले गरे आन्दाेलन

खान्कीको विषयमा म्यादी प्रहरीले गरे आन्दाेलन

निर्वाचनका लागि दोलखामा भर्ती भएका म्यादी प्रहरीले जागिरको अवधि सकिन लाग्दा खान्कीको विषयमा आन्दाेलन गरेका छन् ।

एउटै भान्सामा पाकेको खानालाई जनपद प्रहरीलाई भन्दा प्रतिछाक करिब २५ रुपैयाँ भन्दा बढी लिएको भन्दै आन्दाेलन गरेका हुन् । खानामा बढी पैसा तिर्नुपरेको दावी गर्दै उनीहरुले नाराबाजी गरेर प्रहरी घेरा तोड्दै बजार परिक्रम गरेका थिए । प्रहरीले नियन्त्रण गर्न खोज्दा केही म्यादी प्रहरी घाइतेसमेत भएका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले मेस सञ्चालकले खानाको हिसाब काट्दा बुझाउन नसकेकाले म्यादी प्रहरीले आपत्ति प्रकट गरेको बताए । उनीहरुको गुनासो सुन्नासाथ जनपद प्रहरीलाई भन्दा सस्तो दरमा खानाको हिसाव कटाउन लगाएको उनले बताए ।

दोलखा प्रहरी कार्यालयभित्र मेस कोट मास्टरले चलाउँछन् । जिल्ला प्रहरी मेसमा खाना खानेबीचको सहमतिमा प्रतिछाक ७० रुपैयाँ निर्धारण गरिएको छ । तर म्यादीलाई भने ९५ रुपैयाँ कटाएकाले सडकमा उत्रनु परेको एक म्यादी प्रहरीले गुनासो गरे ।

‘उनीहरुले खाएको दिन गन्तीको हिसाब मिलाउदा ७० हैन प्रतिछाक ६५ रुपैयाँ मात्र पर्छ,’ डिएसपी कार्कीले भने ।

दोलखामा कात्तिक ११ गतेदेखि सातसय ५५ जना म्यादी प्रहरी भर्ती गरिएको थियो । उनीहरुलाई माघ ७ गते बिदा गरिंदै छ । चुनावमा खटिंदा सम्बन्धित चौकी वा अन्यत्र खाना खाएका म्यादीले बाँकी दिन जिल्ला प्रहरी कार्यालयभित्रको मेसमा खाना खाएका थिए ।

प्रकाशित समय : २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु